१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बालेनका समर्थकले फेसबुकमा चलाए ओलीविरुद्ध ‘अनफलो’ अभियान, ओलीका ‘फलोअर्स’ घट्दै

१९ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनफलो अभियान चलाइरहेका छन् । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहका समर्थकहरूले ओलीविरुद्ध फेसबुकमा अनफलो गर्ने अभियान चलाएका हुन् ।

उक्त अभियानले प्रधानमन्त्री ओलीको फेसबुक फलोअर ह्वात्तै घटेको छ । प्रधानमन्त्री ओलीको फेसबुकमा ६ लाख ६२ हजार फलोअर रहेकोमा यो अभियान पछि घटेर बुधबार बिहानसम्ममा ६ लाख २ हजारमा पुगेको छ ।

सरकारले बालेन शाहको एमाले सांसदविरुद्धको एक पोस्ट हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन् । जसमा बालेन शाहले घुमाउरो रुपमा सरकार अर्थात केपी ओलीको निर्देशनमा भएको आरोप लगाएका छन् । उनले आफूले गल्ती गरेको भए पक्राउ गर्न समेत प्रधानमन्त्रीलाई चुनौती दिएका छन् ।

त्यसो त बालेन र एमालेबिच काठमाडौँको नदी किनाराको २० मिटर क्षेत्र खाली गराउने विषयमा पनि विवाद छ । एमाले कार्यकर्ताहरुले पनि यसविरुद्ध संगठितरुपमै विरोध गरी ज्ञापनपत्र काठमाडौँ महानगरलाई बुझाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ०९:५०