३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

पूर्व प्रधानमन्त्री गिरीको निधनमा प्रधानमन्त्री अाेलीद्वारा दुःख व्यक्त

३ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनले आफू दुखि भएकाे बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल टि्वटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’


गिरीको ९३ वर्षको उमेरमा मंगलबार विहान बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि निवासमै राखिने भएको छ ।

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार १०:२०