३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

एडिलेडमा सम्पन्न टेबल टेनिस प्रतियोगितामा टिम नेपाल दोस्रो

एडिलेड । एडिलेडमा सम्पन्न सार्कका पाच देशको प्रतिनिधित्व गर्ने स्थानिय क्लवहरुको प्रतियोगितामा टिम नेपाल दोस्रो भएको छ 

नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान सहभागी प्रतियोगितामा पाकिस्तान प्रथम भएको थियो । टिम नेपालको प्रतिनिधित्व नेप्लिज टेबल टेनिस कम्युनिटी, एडिलेडले गरेको थियो । भने खेलको आयोजना एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुपले गरेको थियो ।

उड्भिल डिस्ट्रिट टेवुल टेनिस क्लवको हलमा आयोजित प्रतियोगितामा लिग चरणको खेलमा भारत र वंगलादेशलाई हराएको थियो भने पाकिस्तान संग पराजित भएको थियो । यसै महिला तर्फको खेलमा भने प्रथम र दोस्रा स्थान नेपाली टिमले हासिल गरेको थियो ।

नेपालका तर्फबाट एकल तर्फ अनिश गुरुङ, परेश प्रसाई, अनिल महर्जन (कप्तान), क्षितिज श्रेष्ठ , विशाल अधिकारी, उमेश बुढाथोकी, मञ्जिल उप्रेती ,नवीन कँडेल (टिम संयोजक), रबिन राणा, विक्रम गुरु थिए भने

डबल्स तर्फ अनिश र परेश, क्षितिज र बिशाल, अनिल र उमेश, मन्जिल र नबिन थिए । यसै गरि महिला तर्फ उषा श्रेष्ठ, सुज्जेन संग्रौला गौतम, इस्मिता रावत, प्रकृति श्रेष्ठ सहभागी भएका थिए ।

दैनिकी संग कुरा गर्दै नेपाली टिमका संयोजक नविन कडेलले यो प्रतियोगितामा दोस्रो भएर यहा रहेको समाजमा नेपाल र नेपालीलाई परिचित गर्न सफल भएको बताए । उनले साउथ अष्ट्रेलियामा रहेका टेबल टेनिस खेलाडी तथा खेल प्रेमीहरुलाई अझै वृहत् रुपमा जोडेर अगाडी बढ्ने बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १८:३८