३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थपियो

१८ भदाै, काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थपिइको छ । समितिका सभापति सूर्यबहादुर थापाले १५ दिन म्याद थपको प्रस्ताव गर्नुभएकाे थियाे ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । १५ जेठमा गठन भएको उक्त समितिको समय २२ भदौमा सकिँदै छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १७:०१