३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

एडिलेडमा तीजको दिन ‘पूजा तथा नाचगान’ कार्यक्रम हुदै

एडिलेड ।  नेपाली हिन्दु महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा एडिलेड नेपाली समाजले पूजा तथा नाचगानको कार्यक्रम आयोजना गरिएको छ।

सेप्टेम्बर ६ तारिख शुक्रबार दिउँसो ३ बजेबाट सुरु हुने उक्त कार्यक्रममा पण्डितद्वारा सामूहिक पूजा, नाचगान गरिने एडिलेड नेपाली समाजका अध्यक्ष श्याम दहालले बताएका छन् ।

तिजका दिनमा शिव मन्दिरमा गएर पुजा गर्ने परम्परा रहेकोमा त्यसलाई पुरा गर्न एडिलेड नेपाली समाजले गत वर्षबाट जग्गे स्थापना गरि सामुहिक पुजा तथा नाच गान शुरु गरेको कार्यक्रम संयोजक लक्ष्मी सापकोटाले बताईन ।

संयोजक सापकोटाले अष्ट्रेलियामा हुर्किँदै गरेको नयाँ पुस्तालाई  पनि कार्यक्रममा सहभागी गराएर अष्ट्रेलियामा हुर्किँदै गरेको नयाँ पुस्तालाई पनि हाम्रो कला संस्कृतिका बारेमा बुझ्न थप सहयोग मिल्ने उनको भनाइ रहेको छ ।

कार्यक्रममा स्थानिय क्लोभेली पार्क मेमोरियल हल, क्लोभेली पार्कमा सुरु हुने भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १६:०१