३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

टानको नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष प्रचण्डको बधाई

१८ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभएको छ ।

टानको निर्वाचनबाट पार्टीसम्बद्ध सागर पाण्डे अध्यक्षमा विजयी हुनुभएपछि अध्यक्ष दाहालले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

“बिहानै खुसीको खबर बाँड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित साथीलाई हार्दिक बधाई छ”, अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्दै भन्नुभएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १२:२६