३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

काठमाडौँ उपत्यका आसपासमा भूकम्पको धक्का

१८ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यका आसपासमा भूकम्पको धक्का महशुष भएको छ । मुसलधरे वर्षा रहेको केही समयमै भूकम्पको धक्का महशुष भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुष गरिएको छ । सिन्धुपाल्चोकको शिखरपुर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार ४ दशमलब २ म्याग्निच्यूडको भूकम्पका कारण परेको असरका बारेमा अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन । बागमती प्रदेशको अधिकांश जिल्लामा धक्का महशुष गरिएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार ०७:००