३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्न अर्थले दियो सहमति

१७ भदौ, काठमाडौं । निश्चित दुग्ध विकास संस्थानमा अर्थ मन्त्रालयले ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । उक्त रकम दुग्ध विकास संस्थानले तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्ने भएको छ ।

दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्ने अर्थले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १२:५६