१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्दै

१७ भदौ, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले भ्रष्टाचार, एमसीसी र महँगीलगायतको विरोधमा देशव्यापी जनप्रदर्शन गर्ने भएको छ ।

काठमाडौंमा सोमबार दिउँसो १२ बजे शान्ति बाटिकामा तीनवटै जिल्लाबाट नेता तथा कार्यकर्ता भेला भएर जनबहालमा पुगेर कोणसभा गरी सम्पन्न हुने भएको हो ।

नेता हुकुम सिंहका अनुसार पार्टीको निर्णयअनुसार नै विरोध प्रदर्शन हुन लागेको हो ।

केही समयदेखि राष्ट्रियता कमजोर भएको, विदेशी हस्तक्षेप बढेको, भ्रष्टाचार तथा महँगी बढेका कारण नै जनता आक्रोसित भएकाले देशव्यापी रूपमा विरोध प्रदर्शन गर्न लागेको सिंहले बताउनुभयो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार ११:४३