३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सोमबार पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

१७ भदौ, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि २० रूपैयाँले घटेर प्रतितोला एक हजार सात सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार ११:१४