३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

एमाले सांसद रेखा शर्माले नबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको बालेनको दाबी

१६ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले एमाले सांसद रेखा शर्माले नबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत सांसद शर्माको तस्बिर नै सार्वजिनक गर्दै महानगर प्रमुख शाहले हिंसाको अभियोग लगाउनु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।’

प्रमुख बालेनले अघि भन्नुभएको छ, ‘सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ?’

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार २०:३३