३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

एभरट्रष्ट सहकारी घोटाला: उपाध्यक्षसहित ५ जना पक्राउ

१६ भदौ, काठमाडौँ । काठमाडौंको चुच्चेपाटीस्थित एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा सहकारीकी उपाध्यक्ष बविता डंगोलसहित पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल, सदस्य रामलाल महर्जन र अमरभाई बज्राचार्य रहेका छन्।

सहकारीका सञ्चालक कान्छाभाई डंगोलसहितका पदाधिकारी ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई ठगीको आरोपमा पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुविरुद्ध ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

सहकारीले बचतकर्ताको रकम दुरुपयोग गरेको आरोपमा हालसम्म १५ करोड ९१ लाख ४ हजार ७६३ रुपैयाँ अपचलन भएको खुलेको छ। सीआईबीले सहकारीबाट प्रभावितलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

 

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार १८:२७