२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने दुई महिला सहित नौजना पक्राउ

५ चैत, पोखरा । पोखरामा सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने दुई महिला सहित नौजना पक्राउ परेका छन् । ठगहरुले भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको छ ।

रु २५ लाख चिट्ठा प¥यो तपाईंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका ८८ जनासँग रु एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै तीनवटा समूहलाई रु दुई लाख एक हजार नगदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा निस्दी गाउँपालिका–७ ज्यामिरे पाल्पाका यामबहादुर मगर, नेत्रवती गाउँपालिकाका ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, मनोज तामाङ, खनियाबास गाउँपालिकाका टेकबहादुर तामाङ, जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी कामनी तिवारी र योगेन्द्र तिवारी पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीको लामो समयको सक्रियतामा पक्राउ परेका हुन् । उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए ।

प्रकाशित मिति : 13:43