३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको घरमा कालो व्यानर

१५ भदौ, काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी बहुमतले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङको दहचोक स्थित घरमा कालो व्यानर लगाएको छ । जनमुक्ति सेनाका पुर्व कमाण्डर समेत रहेका पूर्व उपराष्टपति पुनको चन्द्रागिरी नगरपालिका स्थित दकचोकमा रहेको भव्य घर निर्माणको स्रोत के हो रु भनेर प्रश्न उठाउदैं शनिबार कालो ब्यानर लगाएको छ ।

साथै ०४६ यताका सबै उच्चपदस्थको सम्पति छानबिन गर्न माग गरेको छ । घरमा व्यानर लगाउन गएका बहुमतका कार्यकर्ता संग पुर्व उपराष्ट्रपति पुनले ब्यान किन लगाएको रु भनेर प्रश्न गरेको समेत सुनिएको छ ।

dainiki.com

त्यस्तै उक्त पार्टीले झापाको बिर्तामोडमा रहेको गिरिबन्दु टि स्टेटको जमिन राष्ट्रियकरण गर्न माग गरेर आज प्रदर्शन समेत गरेको छ । बहुमतले भ्रष्टचार बिरुद्ध देशब्यापी रुपमा जनएकता अभियान सन्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार १९:५७