३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

तीजको दर खुवाउदै नारी निकुञ्ज साउथ अष्ट्रेलिया, सहभागीलाई लक्की ड्र मार्फत उपहारहरु

एडिलेड । हिन्दु नेपाली नारीहरुको पर्व तीजको उपलक्ष्यमा एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाले सेप्टेम्वर १ आइतवार  तीज २०२४ आयोजना गर्ने भएको छ ।

नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक रिज्नु अधिकारीका अनुसार कार्यक्रम स्थानिय कोस ग्रोभ हल क्लोभेली पार्कमा साझ ५ बजेबाट नेपाली चर्चित गायीका सुनिता दुलाल सहित अन्य स्थानिय कलाकारहरुको सहभागीमा कार्यक्रम हुने भएको छ ।

संयोजक अधिकारीका अनुसार प्रवेश नि शुल्क रहेको कार्यक्रममा फ्रेस चुल्हो रेष्टुरेन्टको सौजन्यमा दर खुवाउने कार्यक्रम रहेको बताईन । उनले सहभागीहरुका लागि सुनका गहना सहित लक्की ड्र मार्फत विभिन्न उपहार समेत प्रदान गर्ने बताईन् ।

यसै गरि सहभागीको मनोरञ्जनका आउन लागेकी कलाकार सुनिता दुलाल तिज गितका लागि छुट्टै पहिचान बनाएकी कलाकार हुन् । उनको `नबोल अरु संग´  भर्खरै मात्र यहि बर्षको तिजलाई केन्द्र विन्दु बनाएर सार्वजनिक गरिएको हो । जसले सामाजिक संजालहरुमा राम्रो चर्चा पाएको छ । यस बाहेक `पियारी´, `यो रमाइलो तिजैमा´ जस्ता तिज गित चर्चित छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १४:१३