१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद हटाउन सरकार तयार

१४ भदौ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको मुद्दामा ५ वर्षे  हदम्याद हटाउन सरकार तयार भएको बताउनुभएको छ । आज प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गरे ।

‘भ्रष्टाचार मुद्दामा हदम्याद हटाएर पहिलेकै व्यवस्था राखौँ । भ्रष्टाचारका कसुरमा जहिलेसुकै मुद्दा चलाउन सकिन्छ । जहिलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौँ । सरकार यो प्रावधान हटाउन तयार छ । समितिका सदस्यहरूको धारणा बमोजिम सरकार चल्न तयार छ’,गृहमन्त्री लेखकले भन्नुभयो ।

गृहमन्त्रीले सरकार हदम्याद हटाउन तयार भएको, भन्दा समितिका सांसदहरूले स्वागत गर्नुभएका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको यो विधेयकमाथि दफावार छलफल भइरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १२:५०