३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त, सूर्यकुमारी ट्वाँ

१३ भदौँ, काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा नेकपा एमालेका नेता समेत रहेका चलचित्र निर्देशक दिनेश डिसी नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डिसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा सरकारले डिसीलाई अध्यक्षमा नियुक्त गरेको हो । बोर्डको अध्यक्षका लागि खुला आवेदन माग भए पछि एमाले नेतृ सूर्यकुमारीको नामले चिनिनुभएको करिष्मा मानन्धरले पनि बोर्डको अध्यक्ष बन्न निवेदन दिनुभएको थियो । तर मानन्धरको नाम छोटो सूचीमा समेत परेन । अध्यक्षमा डिसी नियुक्त भएसँगै प्रतिस्वर्धामा सहभागी मानन्धर भने ट्वाँ पर्नुभएको छ ।

डिसी सहित अध्यक्षका लागि मन्त्रालयबाट दीपा पाण्डे र राजेश थापाको पनि नाम सिफारिस भएको थियो । तर मन्त्रिपरिषद्को बठकले डिसीलाई अध्यक्षमा नियुक्त गरेको हो । डिसी र मानन्धर दुबै जना प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सीधा सम्पर्क भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँहरू दुबैले प्रधानमन्त्रीसँग भेटेर लबिङ पनि गर्नुभएको थियो ।

नेकपा एमालेको जनवर्गिय संगठन जनसांस्कृति महासंघले भने डिसीको नाम एक नम्बरमा राखेर सुझावको रूपमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङलाई दिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार २१:३३