१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लामिछानेविरुद्ध प्रमाण खोइ भन्नेलाई गगनले भने- ९ मिनेटमा चट भन्नेले ९ घण्टा बयान दिएको हैन ! फैसला आउने दिन गनेर बसाैँ

१३ भदौ, काठमाडौँ । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रवि लामिछानेविरुद्ध प्रमाण खोइ भन्नेलाई फैसला आउने दिन गनेर बस्न सुझाव दिनुभएकाे छ ।

रास्वपाका सांसदहरूलाई आफूसँग भएको तथ्य प्रमाण समितिमा पुगिसकेको जानकारी दिनुभयो ।

‘९ मिनेटमा चट भनेकोमा ९ घण्टासम्म बयान दिनुपरेको तथ्य प्रमाणले आएको हैन होला’, वाहाँले भन्नुभयो ।

मलाइ समितिमा पूरा विश्वास छ ।’उनले बयान दिँदैमा सबै विषय सम्पन्न भइसकेको छैन‚ ‘साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ बयान हो सफाइ हैन फैसला आउन बाँकी छ ।’ फैसला आउने दिन गनेर बस्न अनुरोध गर्दै भन्नुभयो ।‚ ‘दिन गनेर बसौँ‚औला भाँचेर गनौँ र लेखेर गनौँ । फैसला आउने दिनसम्म कुरौँ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १५:४०