सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ: शिक्षामन्त्री भट्टराई
१३ भदौ, काठमाडौँ । बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
‘सीटीईभीटीलाई पुनर्संरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै उल्लेख छ, त्यसमा नीतिलाई नै पुनर्निर्माण गर्न नसके पनि सीटीईभीटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ । विचाराधीन रहेको ऐनमा पनि सुझाव दिन सकिन्छ ।
त्यस्तै, युवाहरूलाई देशमा राख्नको लागि पनि धेरै काम गर्न बाँकी छ । शिक्षालाई सबल बनाउनेतर्फ लाग्ने हो भने प्रतिस्पर्धी विद्यार्थी र जनशक्ति तयार गर्न आवश्यक रहेको पनि वाहाँले भन्नुभयाे ।
प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १४:२३