११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

पारामाउन्ट मोटर्सले ल्यायो ‘वुलिङ बिङ्गो’ इभीको खरिदमा नाडा दसैं अफर

१३ भदौ, काठमाडौँ । नाडाले दसैंको अवसरमा नेपालमा वुलिङ मोटर्सका अधिकृत वितरक र आयातक पारामाउन्ट मोटर्सले वुलिङ बिङ्गो इभी इलेक्ट्रिक ह्याचब्याकमा विशेष अफर सार्वजनिक गरेको छ। उक्त अफर अनुसार वुलिङ बिङ्गो इभी आकर्षक दरमा उपलब्ध गराइएको छ । यो इभी नाडा शोमा खरिद गर्दा २९ लाख ९९ हजार रूपैयाँमा पाउन सकिने कम्पनीले जनाएको छ ।

साइजमा सानो भएपनि प्रशस्त ठाउँ भएको यो इभीका आयामहरू ३,९५० x १,७०८ x १,५८० मिमी छन्। जसले गर्दा यात्री र सामानको लागि प्रशस्त स्थान उपलब्ध गराउँदछ।

मजबुत चेसिस र १५” स्टिलका चक्कासँग १८५/६० आर १५ टायरले कुनै पनि सतहमा स्थिर र सहज यात्रा सुनिश्चित गर्दछ। यो प्रिमियम ह्याचब्याक उच्च-प्रदर्शन लिथियम फेरो-फास्फेट ब्याट्रीसँग सुसज्जित छ । यो एक पटकको चार्जमा ३३३ किमि सम्मको दायरा उपलब्ध गराउँछ।

यसको ५० केडब्ल्यु ड्राइभ मोटरले १२० किमिरघण्टा सम्मको अधिकतम गति प्रदान गर्दछ, जसले दक्षता र रोमाञ्चक प्रदर्शनलाई मिलाउँछ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १३:००