१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

म हैन अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो: परराष्ट्र मन्त्री राणा

१३ भदौ, काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा गौरा विसर्जनका लागि बुधबार धनगढी जानुभएको छ ।

त्यसबाहेक परराष्ट्र मन्त्री राणा धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम पूर्वाधार निर्माण विकास समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको छ ।

त्यसैक्रममा बिहीबार बिहान पत्रकार सम्मेलन राखियो। परराष्ट्र मन्त्री राणाले संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकार गठनको अवस्थालगायत विभिन्न विषयमा कुरा राख्नुभएको छ ।

परराष्ट्रमन्त्री राणालाई पत्रकारले प्रश्न गर्दै भने- अबको प्रधानमन्त्री तपाईं हो?

यस प्रश्नमा जबाफ दिँदै परराष्ट्रमन्त्री राणाले भन्नुभयो- अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हो

‘प्रधानमन्त्री भन्ने कुरा त्यो पहिले संसदीय दलका नेता हुनुपर्‍यो। बाहिरबाट हेर्दा एउटा देखिएला, पार्टीभित्र मेरो आफ्नो हैसियत कति हो मलाई थाहा छ, राम्रो कल्पना हो,’ आरजुले भन्नुभयो ।

त्यसकारण पनि प्रधानमन्त्री भन्ने कुरा त्यो पहिले संसदीय दल नेता हुनुपर्‍यो। २०७९ पुस ६ गते भएको संसदीय दलका नेता निर्वाचनमा गगन थापालाई हराउँदै शेरबहादुर देउवा संसदीय दल नेता बन्नुभएको थियो’, आरजुले भन्नुभयो ।

गत असार १७ गते नै प्रधानमन्त्री ओली र देउवाबीच भएको ७ बुँदे सहमतिमा पनि दुई वर्ष ओली र त्यसपछि चुनाव गराउने गरी डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ’, यो सहमति पहिला नै सार्वजनिक भइरहेको उल्लेख गर्दै वाहाँले भन्नुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १२:४१