१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

१२ भदौ,  काठमाडौँ । प्रतिनिधिसभाको बैठक संघीय संसद् अन्तर्गत आज दिउँसो १ बजे पनि बस्दैछ । उक्त बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बुधबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछ ।

त्यस्तै, सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण हुने स्वास्थ्य समस्याको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार १०:४७