२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेमा १० लाख ५ हजार कित्ता बोनस सेयर सूचीकृत

११ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको १० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा सीइडीबि हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनीको १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सीइडीबि हाइड्रोपावरको ११ प्रतिशत बापतको ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर सूचीकृत भएकाे छ ।

यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको २.२२१ प्रतिशत बापतको ८१ हजार ७६८ दशमलव २४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । अब यी दुई कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : 21:29