११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

कार्यक्रममा भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि दबाब दिनुहोस्: अर्थमन्त्री पौडेल

११ भदौ, काठमाडौँ । मंगलबार काठमाडौँमा आयोजित नाडा अटो शोलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन आग्रह गर्नुभएको छ ।

अर्थमन्त्री पौडेलले देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न तथा नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिनुभयो ।

वाहाँले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने र नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताउनुभयो।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार ११:५१