१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कमल थापाको ‘कूटनीति र भूराजनीति’ किताब विमोचन

११ भदौ, काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाको किताब ‘कूटनीति र भूराजनीति’ विमोचन गरिएको छ।

सोमबार अध्यक्ष थापा र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा आयोजित एक कार्यक्रममा किताब विमोचन गर्नुभएका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडर रुपमा बोल्न सक्ने नेताका रुपमा प्रधानमन्त्रीलाई आफूले पाएको बताउनुभएका थिए ।

प्रधानमन्त्रीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’ को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गर्नुभएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १०:५६