९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

अटोमोबाइल क्षेत्रलाई नीतिगत स्थिरता र दीर्घकालीन योजना आवश्यक छ: करण चौधरी

११ भदौ, काठमाडौँ । ‘नाडा अटो शो २०२४’ नाडा अटोमोबाइल्स एसोसिएसनले आयोजना गरेको मंगलबारदेखि सुरू भएको छ। उक्त शो भदौ १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

नाडाका अध्यक्ष करण चौधरीले उद्घाटन सत्रमा अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै आफ्नो भनाइ राख्नुभयो ।

मूल्यसूची खारेज गर्नुपर्ने र अवैध व्यापार रोक्नका लागि बोर्डर टाइट गर्नुपर्ने र ‘अटोमोबाइल क्षेत्रलाई नीतिगत स्थिरता तथा दीर्घकालीन योजना आवश्यक छ’, वाहाँले भन्नुभयो ।

‘यस क्षेत्रमा २० प्रतिशत राजस्व योगदान रहेको छ भने करिब एक लाख व्यक्तिहरूले प्रत्यक्ष रोजगार पाएका छन्,’ वाहाँले भन्नुभयो । यस शोले विभिन्न अटोमोबाइल कम्पनीहरूलाई नयाँ उत्पादनहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ। यधपी, यस वर्ष पनि विद्युतीय र हाइब्रिड सवारीसाधनहरूको प्रदर्शन आकर्षणको रूपमा रहेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १०:४४