उद्योगपति विनोद चौधरी र अर्थविद् डा स्वर्णिम वाग्ले कांग्रेस महासमिति सदस्यमा मनोनित
१ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको महासमिति सदस्यमा उद्योगपति विनोद चौधरी र अर्थविद् डा स्वर्णिम वाग्ले मनोनित भएका छन । सभापति शेरबहादुर देउवाले चाैधरी र वाग्लेलार्इ कांग्रेसको महासमिति सदस्यमा मनोनित गरेका हुन ।
महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने कांग्रेसको विधानअनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले र चौधरीलार्इ महासमिति सदस्य मनोनित गरिएको हो ।
प्रकाशित मिति : १ पुष २०७५, आईतवार २०:१६