१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्री ओलीले गरे काठमाडौं प्रहरीको नयाँ भवन उद्घाटन

१० भदौ, काठमाडौं । भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर, काठमाडौंको नयाँ भवन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे छ । उक्त भवन आज बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्रीले उद्घाटन गर्नुभएकाे हाे ।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकु पालमा बसेर सेवा दिइरहेको थियो । लामो समयकाे प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यस अत्याधुनिक भवनकाे निर्माण गरिएको हो । यधपी, यस भवनमा टेकुबाट प्रहरी असार २६ गते नै सरेको थियो । तर उद्घाटन भने साेमबार बिहान एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएकाे हाे ।

यस भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने र जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना बनाइएकाे छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार ११:००