१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भाेली राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

८ भदाै, काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आइतबार अपराह्न १ः१५ बजे बस्दै छ । उक्त बैठक संसद् भवन बानेश्वरमा बस्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस गर्नुहुनेछ ।

त्यस्तै, माननिय सभापति माया प्रसाद शर्माले पनि कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन र  अवलोकन सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार १२:२९