१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आजदेखि रास्वपाले आत्मनिर्भर नेपाल अभियान सुरु गर्दै

८ भदौ, काठमाडौं । आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । आज दिउँसो १ बजे बनस्थली पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । उक्त अभियानको संयोजन केन्द्रीय सदस्य डा. प्रभात अधिकारी, सांसद अशोक कुमार चौधरी, सांसद मनिष झा, सांसद गणेश पराजुली र केन्द्रीय सदस्य रामकृष्ण भट्टराईले गर्नुभएका हुन् ।

रास्वपाले उत्पादन प्रवद्र्धन विभाग, स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा  ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै अभियान सुरु गर्न लागेको हो ।

यस अभियानले नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्दै स्टल प्रदर्शनीसहित विभिन्न विषयमा नीति मन्थन गर्ने रास्वपाले जनाएको छ । प्रदर्शनमा भने ३० थरी उत्पादन राखिनेछन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार १०:४६