१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

नेकपाका नेता याेगेश भट्टराईद्धारा नियमविपरित प्राप्त घरभाडा फिर्ता, अागामी दिनमा नलिने

१ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता याेगेश भट्टर्राईले नियमविपरीत प्राप्त हुन अाएकाे ९ महिनाकाे घर भाडा फिर्ताकाे घाेषणा गरेका छन । उनले ९ महिनाकाे भाडा एकमुष्ठ ९० हजार रुपैँया तलबबाट कट्टा गर्न संसद सचिवालयलाई अाग्रह गरेका छन ।

खाेजपत्रकारिता केन्द्रले काठमाडाैँमा घर भएर पनि घर भाडा लिने सांसदहरुकाे शुचि सार्वजनिक गरकाे थियाे । उक्त समाचार कान्तिपुर दैनिक, दैनिकी डट कम लगायत धेरैले प्रकाशित गरेका थिए । समाचारपछि अाफू अचम्ममा परेकाे भन्दै नेता भट्टराईले केही अाफ्नाे र केही संसद सचिवालयकाे कमजाेरीका कारण समस्या भएकाे भन्दै अागामी दिनमा जानेर कानुन विपरितकाे काम कहिल्यै पनि नगर्ने प्रतिवद्धता जनाएका छन ।

भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडाैैँमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु । सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु । संसदीय क्षेत्रमा अनुभवको कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुनगएकोमा म दुःख व्यक्त गर्दछु ।´

भट्टराईको विज्ञप्तिमा अघि भनिएकाे छ `घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु । लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने कुरा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।´

प्रकाशित मिति : १ पुष २०७५, आईतवार १५:१०