कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
७ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । साउन २३ गतेदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेबाट स्थगित भएको थियो। उक्त बैठक शुक्रबार पुन: बिहान ११ बजेका लागि बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि साउन २३ गतेदेखि केन्द्रीय समितिमा छलफल भइरहेको थियो। साे विषयमा केही केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकी भएकाहरूले आजदेखि राख्ने भएका छन् ।
प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १०:२८