१३ पुष २०८१, शनिबार | Sun Dec 29 2024

३० हजार घुस खाएका नरहरिको जागिर गयो, तीन महिना जेल बस्नुपर्ने

७ भदाै, काठमाडाैँ । सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल भ्रष्टाचारी ठहर भएका छन । विशेष अदातलले बिहीबार खनालाई भ्रष्टाचारी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयको टोलीले खनाललाई ३० हजार घुस रकमसहित पक्राउ गरेको थियो । विशेषका न्यायाधीहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले खनाललाई ३० हजार रूपैयाँ जरिवाना र तीन महिना कैद हुने फैसाल गरेको छ ।

नायब सुब्बा खनालले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस खाएका थिए । योसँगै खनालको जागिर चट भएको छ भने ३० हजार जरिवाना तिरेर तीन महना कैद बस्नुपर्ने भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ०९:१४