१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

ओएनएफ तास्मानियाको आयोजनामा योगा शिविर सम्पन्न

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च तास्मानिया राज्य कमिटीको आयोजनामा एक दिने योग शिविर सम्पन्न भएको छ । हाई हिमालयन संगको सहकार्यमा भएको शिविरमाको उद्घाटन नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष रोजिना ताम्राकार, ओएनएफ अष्ट्रेलियाका सचिवालय सदस्य बीएन मण्डल र ओएनएफ अष्ट्रेलियाका केन्द्रिय सदस्य तथा तास्मानिया इन्चार्ज सुजन लामिछानेले दिप प्रज्वलन गरेर गरेका थिए ।

शिविरको प्रशिक्षण पतञ्जली योग शिविरबाट प्रशिक्षित योग गुरुहरू श्री खडानन्द सापकोटा र श्रीमती पार्वती सापकोटाले गरेका थिए । ओएनएफ तास्मानियाका अध्यक्ष मुगेन गौतमले समुदायको भलाइका लागि प्रवासी नेपाली मञ्चले निरन्तर काम गरिरहेको र शारीरिक तथा मानसिक स्वास्थ्य दुवै महत्वपूर्ण भएकोले समाजको समस्यालाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरूको आयोजना गरिएको बताए । गौतमले ओएनएफले नेपाली समाजमा मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको महत्वलाई बुझेर योग कार्यक्रम र मानसिक स्वास्थ्य फर्स्ट एड तालिमहरू आयोजना गर्दै आएको बताए ।

मञ्चका उपाध्यक्ष तथा कार्यक्रम संयोजक के.राज खनालले कार्यक्रमका सहभागी , प्रशिक्षक तथा सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा ३० जनाले सहभागिता जनाएका थिए।

तस्विरहरु :- Trijan Photography

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १८:०६