१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

नेपाल एसबीआई बैंकको लाभांश वितरण गर्ने घोषणा

१ पुस, काठमाडाैं । नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : १ पुष २०७५, आईतवार १३:२३