१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भ्रष्टाचारको मुद्दामा रविले भने– नो ईफ, नो बट, हाम्रो कुरा क्लियर कट

६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा ५ वर्षेे हदम्याद लागू गर्न नहुने बताउनुभएकाे छ ।

आजकाे प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले आफ्नो पार्टी भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने पक्षमा नरहेको बताउनुभएकाे हाे ।

‘भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य हुने छैन । नो इफ, नो बट । हाम्रो कुरा क्लियर कट’, वाहाँले भन्नुभयाे ।

साथै सभापति लामिछानेले दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न  खोजेको भन्दै पक्राउ गरेको विषयमा समेत सह्य नहुने बताउनुभयाे ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १४:५८