२१ फाल्गुन २०८२, बिहीबार | Fri Mar 6 2026

अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई दिने

५ भदाै, काठमाडौँ । सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको उपस्थितिमा आज मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएका छन् ।

अस्पतालमा बिग्रर बसेका उपकरणहरूकाे मर्मतका लागि सहयाेग गर्न मन्त्री पौडेलले केही दिनअघि पुनलाई आग्रह गर्नुभएका थिए  । त्यसलगत्तै मन्त्रालयले नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।

हाल  केन्द्रले मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर बसेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिइ मर्मत सम्भव भएका उपकरणको केन्द्रका प्राविधिकहरूले मर्मत गर्नेछन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १४:४९