२१ फाल्गुन २०८२, बिहीबार | Fri Mar 6 2026

पाठेघरको बायोस्पी गर्न बेहोस बनाइएकी महिलाको मृत्यु, स्वास्थ्यकर्मीले लापरबाही गरेको आरोप

५ भदाै, चितवन । पाठेघरमा देखिएको समस्याको उपचाका लागि भरतपुर अस्पतालमा एनेस्थेसिया दिइएकी महिलाको मृत्यु भएको छ।

नवलपुरकाे गैंडाकोछ–५ ओमशान्ति चोकस्थित घर भएकी ३९ वर्षीकी सम्झना काफ्ले मंगलबार दिउँसो २ बजे पाठेघरमा समस्या भएका कारण अस्पतालमा भर्ना गरिएकाे थियाे । त्यसै समयमा एनेस्थेसिया दिइयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलका अनुसार बिरामीलाई काेल्टाे पारी राखियाे । रातिकाे १० बजे दुरबिनमार्फत काम सुरु गर्न मात्रै लागिएकाे थियो त्यही बेला बिरामीको मृत्यु भएछ ।

डा.पौडेलले बिरामीको मुटुमा पनि समस्या भएकाले बेहोस बनाउने औषधीले असर गरेकाे हुनसक्ने बताउनुभयाे ।

बिरामीका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् ।

‘मृतकका आफन्तहरु हिजो रातिदेखि नै आउनुभएको थियो। जाहेरी दिने भन्ने सुनेको छु। उहाँहरु कानुनअनुसार जान सक्नुहुन्छ। अनुसन्धान पनि भइहाल्छ । गल्ती देखिएपछि कारबाही पनि भइहाल्छ,’ डा.पौडेलले भन्नुभयाे ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १०:०८