५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दुर्गमको डाक्टर भनेर चिनिनुभएको सरोजा बुढथापालाई ‘हुमेन हर्मोनी अवार्ड’

-नृपेन्द्र बहादुर मल्ल 

५ भदौँ, काठमाडौँ । लामो समय दुर्गम जिल्ला मुगुमा बसेर स्वास्थ्य क्षेत्रमा योगदान दिनुभएकी सरोजा बुढथापा हुमेन हर्मोनी अवार्डबाट सम्मानित गरिएको छ । बुढथापालाई दुर्गम जिल्लामा बसेर कैयौँ कठिनाइका बावजुत आमामा तथा नवजात शिशुको ज्यान जोगाएर योगदान राष्ट्रका लागि योगदान गरेको भन्दै मानव सदभाव नेपालले सम्मान गरेको हो ।

महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री नवलकिसोर शाहले सोमबार एक कार्यक्रमका विच सामाजिक कार्यकता सरोजा बुढथापालाई सम्मान सहित हुमेन हर्मोनी अवार्ड २०२४ हस्तान्तरण गर्नुभयो । सम्मानित बुढथापाले मुगु जिल्ला अस्पताल सहित विभिन्न स्वास्थ्य सस्थाहरुमा कार्यरत रहदा ३००० महिलालाई स्वास्थ्य संस्था बाहिर र ५००० महिलालाई स्वास्थ्य संस्थाहरुमा सुरक्षित प्रसुती गराउनु भएको छ ।

dainiki.com

माओवादी जनयुद्धका बेला जिल्ला अस्पताल मुगुका प्राय स्टाफहरु अस्पताल छोडेर बाहिर बस्दा बुढथापाले भने कहिल्यै जिल्ला अस्पताल छोडनु भएन राती दिउँसो विभिन्न विरामिहरुलाई सेवा दिनुभयो । सबैले अस्पताल छोडदा पनि तत्कालीन राज्य सत्ता सन्चालनमा सहयोग गरेको भन्दै माओवादिहरुले जिल्ला अस्पतालबाट उहाँलाई अपहरण गरेका थिए । १५ दिनसम्म अपहरित हुँदा उहाँले माओवादीका कयौँ विरामी कार्यकताको उपचार गरेको सुनाउनु भयो ।

२०४३ सालमा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको नर्स बुढथापाले ३० वर्ष मुगुको स्वास्थ्य क्षेत्रमा सेवा गर्नुभएको छ । उहाँले सम्मानपछि भन्नुभयो, ‘देश संघीयता गएपछी कर्मचारीहरु तीन तहका सरकार मातहतमा समायोजन भए म पनि स्थानिय तहमा समायोजन भए मलाई जुम्ला जिल्लाको हिमा गाउँपालिकामा खटाइयो । जुम्ला जिल्लाको दुर्गम पालिमा पनि मुगु पछि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने हुटहुटि थियो तर मलाई गाउपालिकाले पद अनुसारको काम दिएन मैले १ वर्ष कामविहिन भएर दिन विताउनु पर्यो अन्ततः मैले आफ्नो सेवा अवधी हुँदै ३ वर्ष अगावै राजिनामा दिएँ ।’

उहाँले सेवानिर्वृत भए पनि जेष्ट नागरिक, आमा तथा बालबालिकाहरुको सेवा निरन्तर गर्ने बताउनुभो । उहाँले यो अबधिसम्यम आइपुग्नन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ०८:५२