१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

वडाध्यक्षदेखि मन्त्रीसम्मका काम प्रभावकारी बनाउन संयन्त्र बनाउँदै कांग्रेस

४ भदाै, काठमाडाैँ । पार्टीबाट उम्मेदवार भई वडाध्यक्षदेखि मन्त्रीसम्मका काम प्रभावकारी बनाउन नेपाली कांग्रेसले संयन्त्र बनाउने तयारी गरेको छ ।

संयन्त्रले जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्नेछ।

यही भदौ ७ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएकाे छ। यस केन्द्रीय समिति बैठकबाट नै केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर चार महिनाका लागि खटाउने तयारी गरेकाे छ ।

केन्द्रीय सदस्यहरूले आफूलाई खटाइएको जिल्लाका प्रत्येक तहमा छलफल गरेर संयन्त्र गठन गर्नेछन्।

महामन्त्री गगन थापाका अनुसार पार्टीबाट टिकट पाएर निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गरी काम प्रभावकारी बनाउन प्रत्येक तहमा संयन्त्र गठन गर्न लागिएको हाे ।

चार महिनाका लागि ‘केन्द्रीय सदस्यहरू खटिएर जिल्ला-जिल्लामा आउनेछ । ‘केन्द्रीय सदस्यले प्रत्येक तहमा बैठक र सम्मेलन गराउनुहुन्छ। त्यो संयन्त्रमा निर्वाचित मेयर, वडाध्यक्ष बस्नुहुन्छ, पार्टी सभापति, शिक्षक तथा प्राध्यापकजस्ता बौद्धिक साथीहरू पनि बस्नुहुन्छु,’ महामन्त्रि गगन थापाले भन्नुभयाे ।

गत शनिबार संघीय सरकारमा सहभागी १० मन्त्री र २ राज्यमन्त्रीसँग सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूले छलफल गर्नुभएका महामन्त्री थापाले बताउनुभयाे ।

पार्टी एक भएर २०८४ को चुनावमा १६५ क्षेत्रमै उम्मेदवारी दिने र ४० प्रतिशतबढी मत ल्याएर पाँच वर्ष एक्लै सरकार बनाउने काम गर्नुपर्ने पनि महामन्त्री थापाले  बताउनुभयाे ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १६:४७