१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

सरकारले विदेशी पूँजी प्रविधि ल्याउन आवश्यक नीति बनाइरहेको छ: अर्थमन्त्री पौडेल

४ भदौ , काठमाडौं । विकासोन्मुख देशमा स्तरोन्नतिपछिको आवश्यक संक्रमणकालीन रणनीति बनाउन केन्द्रित रहेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभएकाे छ।

नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्र संघको संयुक्त आयोजना कार्यक्रममा अर्थमन्त्रीले विकासका लागि वित्त विषयक अल्पविकसित देशको सूचीबाट सन् २०२६ मा विकासोन्मुख देशको सूचीमा स्तरोन्नति हुँदै गरेको तथा नेपालले अन्तर्राष्ट्रिय व्यापार र विकास सहायतामा हाल पाउँदै आएको सहुलियत कटौती हुने बताउनभयाे ।

अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता जस्ता कुराहरूमा कटौती भएसँगै त्यसले पर्ने प्रभावका लागि संक्रमणकालीन नीति बनाउन लागिएको अर्थमन्त्री पौडेलले बताउनुभयाे ।

बढ्दो सार्वजनिक ऋण र राजस्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा खर्च गर्नुपर्ने हुँदा दिगो विकास लक्ष्य हासिल टाढा धकेलिने तथा नेपालमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा राजस्व राम्रो देखिए पनि यसलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको समेत वाहाँले बताउनुभयाे ।

सरकारले विदेशी पूँजी प्रविधि ल्याउन आवश्यक नीति बनाइरहेको छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयाे ।

साेही कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले दिगो विकास लक्ष्य हासिल गर्न केन्द्रीय बैंकले नीति लिएको बताउनुभयाे । वातावरण परिवर्तनको जोखिमबाट बच्न र सरकारी वित्तमा दाबाब रहेको तथा सीमित स्रोतको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता रहेको पनि वाहाँले बताउनुभयाे ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १३:११