१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भोलिदेखि माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु

४ भदाै, काठमाडौँ । बुधबारदेखि नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु हुँदैछ ।

केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकका लागि बोलाइएको बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयाे ।

उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव, उपमहासचिवहरू, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।

बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइनेछ । उक्त बैठक बिहीबार सम्पन्न हुनेछ । बुधबार ११ बजेदेखि बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्ने तथा परामर्श समितिको बैठक र अन्य प्रदेश तथा मोर्चा कमिटीहरूमा असोज ३ गतेसम्म बैठक चल्नेछ ।

कुन प्रदेशमा कहिले बैठक बस्दै?

उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते ।

गण्डकी प्रदेशमा भाद्र ९ र १० गते, सुदूरपश्चिममा भाद्र १२ र १३ गते, कर्णालीमा भाद्र १४ र १५ गते र लुम्बिनी प्रदेशमा भाद्र १६ र १७ गते ।

तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गते तथा मधेस प्रदेशमा भाद्र २२ र २३ गते ।

पूर्व, १ नं प्रदेशका भाद्र २४ र २५ गते, ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टीको भाद्र २७ र २८ गते ।

प्रवास प्रदेशमा कार्यरत तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ र आश्विन १ गते तथा ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १२:२५