१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

धितोपत्र बोर्डमा उद्योग वाणिज्य महासंघको प्रतिनिधि नराख्ने प्रस्ताव

३ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिलाई सरकारले नराख्ने प्रस्ताव गरेको छ ।

सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष पद हुने बोर्डमा कानुन मन्त्रालयका सहमसचिव, अर्थ मन्त्रालयका सह सचिव, नेपाल राष्ट्रबैंकका प्रतिनिधि, नेपाल चाटर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि र  नेपाल सरकारले मनोनित गरेका एक जना सदस्य रहन्छन् ।

यसमध्ये नेपाल चाटर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि तथा उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई बोर्ड सदस्यबाट हटाउने प्रस्ताव प्रस्तावित विधेयकमा उल्लेख गरिएकाे छ ।

दुइ वटै संस्थाको प्रतिनिधि राख्दा स्वार्थ हुन सक्ने भएका कारण नै प्रचलित व्यवस्थामा संशोधन गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १७:२३