२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउन आदेश

२ भदाै, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेकाे आरोपमा झालाई प्रहरीले असार १३ गते पक्राउ गरेको थियो। उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो।

पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको थियो।

झासमेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ।

उनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ।

प्रकाशित मिति : 16:20