६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

नेकपा स्थायी कमिटी बैठकमा ओली र प्रचण्डद्वारा २२ पृष्ठ लामो प्रतिवेदन पेश

२९ मंसिर, काठमाडाैँ । नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको बताइएकाे छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेकाे बैठकलार्इ सम्बाेधन गर्दै अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए । अध्यक्ष  प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बताए ।

२२ पृष्ठ लामो प्रतिवेदनको अध्ययन गर्न सदस्यहरुलाई आइतबार समय दिइएको छ । सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने क्रम सुरु हुने बताइएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने बताइएकाे छ ।

हिजाे नुवाकोटको दुप्चेश्वर गाउ“पालिका–१ घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति गम्भीर दुःख व्यक्त गर्दै बैठकले उक्त दुर्घटनामा मृत्यु हुने सबैप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ । त्यस्तै केही दिनअघि पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाप्रति पनि दुःख व्यक्त गर्दै ती घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

 

प्रकाशित मिति : २९ मंसिर २०७५, शनिबार १६:२३