१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

लुम्बिनीमा एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन

१ भदौ,बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमालेको संसदीय दलको नेता चेतनारायण आचार्य मुख्यमन्त्रीमा चयन हुनुभएकाे छ । बुटवलस्थित मुख्यमन्त्रीको निवासमा शनिबार बसेको संसदीय दलको वैठकले प्रदेश इन्चार्ज पद्‍मा अर्यालको प्रमुख आतिथ्यतामा यसअघि उपनेता रहनुभएका आचार्यलाई नेता चयन गरेको हो ।

त्यस्तै, उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन हुनुभएकाे छ । दल नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गर्नुभएकाे छ ।

यसअघिका संसदीय दलका नेता लीला गिरीले आफू दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेल निकटका आचार्यलाई मुख्यमन्त्री बनाएपछि अध्यक्ष केपी शर्मा ओलीसंग असन्तुष्टि पोख्दै दलको नेताबाट राजीनामा दिएको पत्र  पठाउनुभएको थियो । गिरी शनिबारको संसदीय दलको वैठकमा उपस्थित हुनुभएन ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार १८:०५