१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

लुम्बिनीमा एमाले संसदीय दलको बैठक बस्दै, पद्मा अर्याललाई पनि बोलाइयो

१ भदौ, बुटवल । शनिबार दिउँसो २ बजे लुम्बिनी प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ।

पार्टीबाट मुख्यमन्त्री सिफारिसको विषयमा असन्तुष्टि जनाउँदै एमालेका संसदीय दलका नेता लीला गिरीले राजिनामा दिएपछि पहिलो पटक याे बैठक बस्न लागेको हो।

उक्त बैठकमा मुख्यमन्त्रीले लिने बिश्वासको मतका तयारीका बिषयमा छलफल गर्नुका साथै नेताको पनि टुंगो लगाउने अनुमान गरिएको छ।

यही साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्यले भदौ ४ गते प्रदेससभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

संसदीय दलकाे बैठकमा देखिएको असन्तुष्टीलाई समाधान गर्नका लागि एमाले प्रदेश कमिटी ईन्चार्ज समेत रहनुभएकी एमाले सचिव पद्मा अर्याललाई समेत बाेलाइएकाे छ ।

आजको बैठकको अध्यक्षता दलका उपनेता आचार्यले गर्नुहुनेछ, त्यस लगत्तै दलको नेता चयन र प्रमुख सचेतकबारे छलफल हुनेछ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार १०:२२