९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

सुनको भाउ घट्दा बढ्यो चाँदी

३२ साउन, काठमाडाैँ । साताको अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा ९ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने २० रूपैयाँले बढेर प्रतितोला १७ सय ६० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ११:२८