९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

टान निर्वाचनः शेर्पा पर्यटन व्यवसायी संघले राजेन्द्र सापकाेटाको समूहलाई साथ दिने

२१ साउन, काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा शेर्पा पर्यटन व्यवसायी संघले राजेन्द्र सापकोटाको समूहलाई समर्थन गरेर साथ दिने भएको छ । बिहीबार काठमाडौँको एक होटलमा संघका प्रतिनिधि र राजेन्द्र सापकोटा समूहको प्रतिनिधिको बीचमा भएको छलफलमा सहमति जुटेको हो ।

वरिष्ठ पर्यटन व्यवसायी सिएन पाण्डेले शेर्पा पर्यटन व्यवसायी संघले राजेन्द्र सापकाेटाको समूहलाई साथ दिने समझदारी बनेको जानकारी दिनुभयो । योसँगै सापकोटाले टानको निर्वाचनमा विभिन्न समूहको खुला साथ पाउने भएका छन । सापकोटालाई नेपाली कांग्रेस र नेकपा एमाले निकटका पर्यटन व्यवसायी संस्था र माओवादी निकटका केही व्यवसायीले पनि साथ दिने घोषणा यसअघि नै गरिसकेका छन ।

टानको आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा सापकोटासँगै नेकपा माओवादी केन्द्रका नेता सागर पाण्डे प्रतिस्वर्धा गर्दैछन । यद्यपी माओवादी निकटकै धेरै जसो व्यवसायी सापकोटाको पक्षमा खुलेपछि पाण्डेले उम्मेदवारी नै नदिने कि भन्ने अवस्थामा पुगेको एक माओवादी नेताले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार २१:१७