९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

३१ साउन, काठमाडौं । नेपाललाई विश्व बैंकले प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ ।

उपाध्यक्ष मार्टिन रेजरले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिनुभयाे ।

नेपालमा स्थिर सरकार गठन भएकाले अर्थमन्त्री पौडेलले लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा नै सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताउनुभयाे ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १७:१९